
काठमाडौं । बंगलादेश विरुद्ध खेलिने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचका लागि कार्यवाहक प्रशिक्षक प्रदिप हुमागाईंले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फाइनल स्क्वाड घोषणा गरेका छन् । टोलीमा गत सिजन घरेलु फुटबलमा प्रभाव जमाएका रितिक खड्का (थ्रीस्टार) र आशिष चौधरी (सातदोबाटो) ले पहिलोपटक स्थान बनाएका छन् ।
टोलीमा यसअघि बाहिर रहेका सिनियर खेलाडीहरु पनि फर्केका छन् । जसमा कप्तान किरन चेम्जोङ सहित रोहित चन्द, सुजल श्रेष्ठ, बिमल घर्ती मगर, अन्जन बिष्ट पनि सामेल छन् । स्मरण रहोस, नेपालले यहि असोज ११ गतेका दिन दशरथ रंगशालामा बंगलादेश विरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल म्याच खेल्दैछ ।
यस्तो छ नेपालको फाइनल स्क्वाडः
गोलकिपर्सः किरन चेम्जोङ, दिप कार्की, बिकेश कुथु, बिशाल श्रेष्ठ
डिफेन्डर्सः रोहित चन्द, अनन्त तामाङ, बिकास तामाङ, दिनेश राजवंशी, बिकास खवास, सुमन अर्याल, रजिन धिमाल
मिडफिल्डर्सः सुदिप गुरुङ, तेज तामाङ, सेसेहाङ आङ्ेम्बे, बिशाल राई, सुजल श्रेष्ठ, सुरज जिउ ठकुरी, एरिक बिष्ट
फरवार्डसः बिमल घर्ती मगर, अन्जन बिष्ट, रितिक खड्का, आशिष चौधरी, मनिष डाँगी