
काठमाडौं । भियतनाममा बुधबारदेखि शुरु एएफसी यु–१७ एसियन कप छनौटतर्फ नेपालले आफ्नो पहिलो खेलमा हार बेहोर्दै प्रतियोगितामा खराब शुरुवात गरेको छ ।
छनौट प्रतियोगितातर्फ समूह एफमा रहेको नेपालले बुधबार आफ्नो पहिलो खेलमा थाइल्याण्डसँग ३–० ले पराजित हुन पुग्यो । थाइल्याण्डको जितमा टोनतवाना पुनातामुनेले ३५ र ६५औं मिनटमा दुई गोल गरे भने थप एक गोल ७८औं मिनटमा थानाकृत जम्पालीले गरे ।
खेलपश्चात नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठले समग्रमा नेपालले राम्रो खेलेको प्रतिक्रिया दिए । पहिलो हाफमा आफ्नै गल्तीका कारण गोल खान पुगेको बताए । दोस्रो हाफमा नेपाली टोलीले लय गुमाउन पुगेको पनि प्रतिक्रिया दिए । त्यस्तै उनले रेफ्रीको निर्णयप्रति पनि असन्तुष्टी पोखे । प्रशिक्षक श्रेष्ठका अनुसार रेफ्रीले धेरैजसो निर्णयहरु थाईल्याण्डको पक्षमा दिएको गुनासो गरे ।
स्मरण रहोस, नेपालले आफ्नो आगामी खेल शुक्रबार आयोजक भियतनामसँग खेल्नेछ । भियतनामले बुधबार नै भएको दोस्रो खेलमा चाइनिज ताईपेई विरुद्ध ४–० को प्रभावशाली जित निकालेको थियो ।
- जोर्डन पहिलोपटक फिफा विश्वकपका लागि छनौट, दक्षिण कोरिया पनि छनौट
- उज्वेकिस्तान पहिलोपटक फिफा विश्वकपका लागि छ्नौट
- एएफसी यु-२३ एसियन कप छनौटको समूह के मा नेपाल
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने