वाणगंगा । यहाँ जारी दोस्रो जनप्रेमी कप नाईन ए साईड खुला फुटबल प्रतियोगितामा आयोजक जनप्रेमी युवा क्लब (ए) ले शानदार जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार बैजलपुर खेलमैदानमा भएको क्वाटरफाइनल खेलमा जनप्रेमी (ए) ले आदर्श युवा क्लब, मुर्गिया विरुद्ध ४–० को शानदार जित निकाल्यो ।
त्यस्तै मंगलबार नै भएको अर्को खेलमा मुहान एफसी, जितपुरले आहाना एफसी, बुटवललाई टाईब्रेकरमा ५–४ ले हरायो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । यो जितसँगै मुहान पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।
श्री जनप्रेमी युवा क्लब, वाणगंगा–२, कपिलवस्तुको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७०,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ४०,१११ रुपैयाँ प्राप्त गर्नेछ आयोजक क्लबका अध्यक्ष दिलिप गाहा मगरले जानकारी दिए । फाइनल खेल यहि असोज ३० गतेका दिन हुनेछ ।
- कपिलवस्तुमा ग्रीन भिजनलाई दोस्रो शिवशक्ति कपको उपाधि
- शिवशक्तिको आयोजनामा कपिलवस्तुको शिवराज नगरपालिकामा मैत्रीपूर्ण फुटबल म्याच सम्पन्न
- दोस्रो शिवशक्ति कपः फाइनलमा ग्रीन भिजन र आयोजक शिवशक्ति भिड्ने
- शिवगढी स्र्पोटिङ र ग्रीन भिजन दोस्रो शिवशक्ति कपको सेमिफाइनलमा
- दोस्रो शिवशक्ति कपः जागृति युथ र आयोजक शिवशक्ति सेमिफाइनलमा