
बुटवल । पार्टीबिस्ट क्लब, बुटवलको आयोजनामा यहि असोज ३१ र कार्तिक १ गतेका दिन दुई दिने पार्टीबिस्ट कप फुटसल प्रतियोगिता हुने भएको छ । बुटवल योगीकुटी स्थित लुम्बिनी फुटसलमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिसकेको आयोजकले जनाएको छ ।
साथै प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि टमदर्ता पनि खुला गरिएको खेल संयोजक अभि पुरीले जानकारी दिए । टिमदर्ता शुल्क ३५ सय तोकिएको छ भने टिमदर्ता गर्ने अन्तिम मिति यहि असोज २९ गतेसम्म रहेको पनि संयोजक पुरीले बताए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
शुभ दिपावलीको अवसर पारि आयोजना गर्न लागिएको प्रतियोगिता युवाहरुलाई कुलतमा लाग्नु भन्दा खेलकुदमा लाग्न अभिप्रेरित गर्ने उद्देश्यका साथ आयोजना गरिएको पनि खेल संयोजकले पुरीले बताए ।