News
चुम्लिङटारलाई दोस्रो मकैसिङ्ग कपको उपाधि
मकैसिङ्ग । यहाँ सम्पन्न दोस्रो मकैसिङ्ग कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि चुम्लिङटार फुटबल क्लबले जितेको छ । गोरखाको मकैसिङ्ग स्थित टुंडिखेलमैदानमा सम्पन्न फाइनल भिडन्तमा चुम्लिङटारले मंगोलियन फुटबल क्लब, काठमाडौंलाई शून्यका विरुद्ध २ गोलले हराउँदै च्याम्पियन बनेको हो ।
फाइनल खेलको म्यान अफ द म्याच विकी चाम्लिङ घोषित भए । उनले प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीको पुरस्कार पनि हात पारे । त्यसवापत उनले नगद ५,५५५ रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
त्यस्तै विजेता बनेको चुम्लिङटारले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्यो भने उपविजेता मंगोलियनले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
मकैसिङ्ग युथ क्लब, मकैसिङ्ग, गोरखाको आयोजनामा गत असोज २२ गतेदेखि शुरु प्रतियोगितामा कुल १८ टोलीहरुले सहभागिता जनाएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- गोरखाको १० किलोमा जारी चौथो राइजिङ्ग स्टार कप अन्तर्गत बिहिबार तीन खेल सम्पन्न
- गोरखाको १० किलोमिटर अढाईगाउँ खेलमैदानमा चौथो राइजिङ् स्टार कप सुरु
- गोरखामा चौथो राइजिङ स्टार कप हुँदै
- गोरखामा ओभी एजुकेशन ११औं ओसन कप सम्पन्न
- ओसेन्द्र कटुवालको एकमात्र निर्णायक गोलमा नेपाल पुलिस प्रथम पृथ्वीनारायण गोल्डकपको च्याम्पियन