News
गैरीबारी एफसी कालिका कपको क्वाटरफाइनलमा

चितवन । गैरीबारी फुटबल क्लब यहाँ जारी प्रथम कालिका कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनल प्रवेश गर्ने क्रममा गैरीबारीले सेन्ट्रल कलेज एभरेष्ट एफसीलाई ३–१ ले हरायो ।
खेलमा गैरीबारीको जितमा दुई गोल गरेका शिव गुरुङ म्यान अफ द म्याच चुनिए । उनले पुरुस्कार वापत नगद ५ सय रुपैयाँ र मेडल प्राप्त गरे ।
श्री आयाम युवा समाज, कालिका–३, पदमपुर, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख १० हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५ हजार प्राप्त गर्नेछ । फाइनल खेल आउँदो कार्तिक ६ गतेका दिन हुनेछ ।
Post Comments