
काठमाडौं (एजेन्सी) । यसै वर्ष हुने बहुप्रतिक्षित फिफा विश्वकप आयोजना गर्न गईरहेको एसियाली राष्ट्र कतारले अर्को वर्ष हुने प्रतिष्ठित एएफसी एसियन कप आयोजनाको जिम्मा पनि पाएको छ ।
एसियाली फुटबल महासंघ (एएफसी) को सोमबार बसेको ११औं कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । यो निर्णयसँगै कतारले तेस्रोपटक एसियन कप आयोजना गर्ने अवसर पाएको छ । यसअघि कतारले सन् १९८८ र २०११ मा पनि एसियन कपको आयोजना सफलताका साथ सम्पन्न गरेको थियो ।
यो प्रतियोगिता आयोजनाका लागि भारत र साउदी अरब पनि इच्छुक देखिएका थिए । स्मरण रहोस, कतार प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन पनि हो ।
यसअघि प्रतियोगिता चीनमा हुने पक्का भईसकेको थियो । तर कोभिड–१९ महामारीका कारण चीन अझै पनि सुरक्षित नदेखिएपछि एएफसीले प्रतियोगिता आयोजनाका लागि अन्य देशलाई प्रस्ताव गरेको थियो । जसमा कतारले त्यो आयोजना अधिकार पाउन सफल भएको छ ।
आगामी वर्ष हुने एसियन कपमा छनौट हुन सफल राष्ट्रहरुः
अष्ट्रेलिया, बहराईन, चीन, हङकङ, भारत, इण्डोनेसिया, इराक, इरान, जापान, जोर्डन, दक्षिण कोरिया, किर्गिस्तान, लेबनान, मलेसिया, ओमान, प्यालेस्टाईन, कतार, साउदी अरब, सिरिया, ताजिकिस्तान, थाइल्याण्ड, उज्वेकिस्तान, युएई, भियतनाम
- जोर्डन पहिलोपटक फिफा विश्वकपका लागि छनौट, दक्षिण कोरिया पनि छनौट
- उज्वेकिस्तान पहिलोपटक फिफा विश्वकपका लागि छ्नौट
- एएफसी यु-२३ एसियन कप छनौटको समूह के मा नेपाल
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने