काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र पाकिस्तान बीच हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचका लागि तीन फरक श्रेणीको टिकट मूल्य निर्धारण गरेको छ । त्यसबारे एन्फाले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । साथै मैत्रीपूर्ण खेलका लागि आवश्यक तयारी पनि पूरा भएको एन्फाले जानकारी दियो ।
एन्फाले जनाए अनुसार दर्शकहरुका लागि साधारणतर्फ ५ सय, भिआईपीतर्फ १ हजार तथा भिभिआईपीतर्फ ५ हजार टिकट मुल्य तोकिएको छ । स्मरण रहोस, नेपाल र पाकिस्तानबीचको खेल यहि कार्तिक ३० गतेका दिन दशरथ रंगशालामा हुँदैछ । जुन खेल बेलुका ५ बजेदेखि शुरु हुने एन्फाले जनाएको छ ।
सो मैत्रीपूर्ण खेलका लागि नेपाली टोली हाल बन्द प्रशिक्षणमा छ । उता पाकिस्तानी फुटबल टोली भने आइतबार नेपाल आइपुग्ने बताइएको छ ।
भाग्यशाली दर्शकलाई कतार विश्वकप हेर्ने अवसर
एन्फाले नेपाल र पाकिस्तानबीच हुने खेल हेर्न आउने एक भाग्यशाली दर्शकलाई कतार विश्वकप प्रत्यक्ष हेर्न पाउने अवसर मिल्ने जानकारी दियो । एन्फाका अनुसार भिभिआईपीतर्फ टिकट काट्ने दर्शकहरु मध्ये एक जनालाई कतार विश्वकपतर्फ ब्राजील र क्यामरुनबीचको खेल हेर्न अवसर मिल्नेछ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)