काठमाडौं । पछिल्लो समय नेपालमा घरेलु फुटबल गतिविधी न्यून हुँदा त्यसको प्रत्यक्ष मारमा फुटबललाई नै पेशा बनाएका फुटबल खेलाडीहरु बढी परेका छन् । त्यसमा राष्ट्रिय खेलाडीहरुको समस्या पनि विकराल छ ।
यसैक्रममा राष्ट्रिय फुटबल टोलीका उदाउँदा खेलाडी तथा घरेलु फुटबलमा सफलतम करियर बनाएका सन्जोक राई पनि विदेशिएका छन् । सन्जोक आफ्नो र परिवारको सुनिश्चित भविष्य कै लागि अष्ट्रेलिया प्रस्थान गरेको धेरैको अनुमान छ ।
घरेलु फुटबलमा थ्रीस्टार, काठमाडौं रेजर्स जस्ता क्लबका लागि खेलेका सन्जोकले केही वर्ष अघि दशरथ रंगशाला मै सम्पन्न थ्री नेशन्स कपमा राम्रो प्रदर्शन गर्दै नेपाललाई उपाधि समेत जिताएका थिए । त्यति मात्र नभएर काठमाडौं रेजर्सका लागि उनले पहिलो फ्रेन्चाईज लिग नेपाल सुपर लिग (एनएसएल) पनि जितेका थिए ।
घरेलु फुटबलले एकरुपता नपाउनु, भईराखेको लिग पनि थोरै समय मै सकिनु, क्लबहरु आर्थिक रुपमा सबल हुन नसक्नु लगायतका अन्य विविध कारणले गर्दा अधिकांश फुटबल खेलाडीहरुले फुटबल छाडेर अन्य पेशालाई आफ्नो विकल्प बनाएका छन् ।
यहि विकल्प मध्ये एउटा मुख्य विकल्प बनेको छ, विदेश पलायन । केही समय यता राष्ट्रिय फुटबल टोलीका केही महत्वपूर्ण सदस्यहरु अष्ट्रेलिया पलायन हुने क्रम बढेको छ । खासगरी सुनिश्चित भविष्य कै लागि धेरै खेलाडीहरुले अष्ट्रेलियालाई नै मुख्य गन्तव्य मानेका छन् ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै