बेलडागी । संघर्षपुर्ण जितका साथ शान्तिनगर फुटबल क्लब, सुनसरी यहाँ जारी प्रथम जय हुमागाईं स्मृति गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बेलडागी फुटबल मैदानमा बिहीबार भएको दोस्रो क्वाटरफाइनलमा शान्तिनगरले पथरी शनिश्चरे सेटलमेन्ट, मोरङलाई टाईब्रेकरमा ३–२ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
खेलमा शान्तिनगरका गोलरक्षक प्रमोजय गच्छदार म्यान अफ द म्याच घोषित भए । उनलाई विशिष्ठ अतिथी दमक नगरपालिका वार्ड नम्बर ३ का अध्यक्ष नविन बरालले नगद ५ हजार र मेडलसहित पुरस्कृत गरे ।
प्रतियोगिता अन्तरगत पौष ८ गते शुक्रबारको तेस्रो क्वाटरफाइनल खेल घरेलु टोली बिवाइसी, झापा र दावेदार आँकिएको एभनिर एफसी, क्यामरुनबीच हुने आयोजकले जानकारी दियो ।
स्व. जय हुमागाई एण्ड फेमिली ट्रष्ट, अमेरिकाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख पाउनेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल पौष १३ गतेका दिन हुनेछ ।

- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा