काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन लिग क्लबहरुबीच बिहीबार बसेको बैठक ठोस निष्कर्षविहीन रुपमै टुंगिएको छ । लिग आयोजना र क्लबहरुको मागबारे आवश्यक छलफल गर्न बसेको बैठक एक सातापछि पौष १४ गते फेरि बस्ने गरि निष्कर्षविहीन रुपमा सकिएको हो ।
दुवै पक्ष सकेसम्म प्याकेज मै सहमति गर्ने पक्षमा छन् । बैठकमा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्षद्वय दावा लामा, दिपक खतिवडा, महासचिव किरन राई लगायतको उपस्थिति थियो । त्यस्तै उता १४ क्लबहरु कै प्रतिनिधीहरुको पनि उपस्थिति रहेको थियो ।
दुवै पक्षबीचको बैठक अनिर्णित रुपमा सकिएपछि यहि पौष २६ गतेदेखि शुरु गर्ने भनिएको शहिद स्मारक ए डिभिजन लिगको मिति थप पछि सर्ने निश्चित बनेको छ । यसअघि एन्फाले लिगको मिति घोषणा गर्दै सम्बन्धित क्लबहरुलाई दिनुपर्ने आवश्यक खर्च घोषणा गरेबमोजिम समयमै नदिएपछि क्लबहरुले निर्धारित मिति मै लिग नखेल्ने अडान राखेका थिए ।
यसपटक एन्फाले डबल राउण्ड रोबिनमा लिग खेलाउने घोषणा गरेको थियो । साथै एन्फाले लिग उपत्यका बाहिर पनि आयोजना गर्ने योजना बनाएको थियो । नेपाली फुटबलको मेरुदण्ड मानिएको महत्वाकांक्षी शिर्ष लिगबारे अन्यौलता थपिंदा यसले खेलाडीहरुमा पनि नैराश्यता पैदा गरेको छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)