दमक । शानदार जित हात पार्दै पाहुना टोली बीवाइएससी, अमेरिका यहाँ जारी प्रथम जय हुमागाई मेमोरियल गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको दोस्रो सेमिफाइनलमा शान्तिनगर फुटबल क्लब, सुनसरीलाई शून्यका विरुद्ध ५ गोलले हराउँदै बीवाइएससी उपाधि नजिक पुगेको हो ।
बीवाइएससीका लागि रेने सान्टिलानले दुई गोल गरे । उनले खेलको ३३ र ४०औं मिनटमा लगातार गोल गर्दै पाहुना टोलीलाई खेलमा बलियो पकड दिलाएका थिए । खेलको ४७औं मिनटमा सुदिप तामाङले तेस्रो गोल थपे । त्यसको एक मिनट लगतै हेक्टर ओरटेजले चौथो गोल गरे । विपक्षीमाथि हावी बनेको बीवाइएससीका लागि ७५औं मिनटमा अनुज भट्टराईले पाँचौं गोल गर्दै अमेरिकी टोलीको सहज जित सुनिश्चित गरे ।
खेलमा दुई गोल गरेका बीवाइएससीका रेने सान्टिलान म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र मेडल प्राप्त गरे । बीवाइएससीले अब उपाधिका लागि पौष १३ गते सहलेश युवा क्लब, सिराहासँग फाइनल खेल्नेछ ।
स्व. जय हुमागाई फेमिली एण्ड ट्रष्ट, अमेरिकाको आयोजना तथा बीवाइसी, झापाको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा