News वार्डस्तरीय नगर कप पौष २५ देखि
गोलनेपाल

इलाम । नगर खेलकुद विकास समिति, इलामको आयोजनामा यहि पौष २५ गतेदेखि वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिताको सबै तयारी पनि पूरा भईसकेको आयोजकले जानकारी दियो ।

साथै प्रतियोगिताको खेलतालिका पनि आयोजकले सार्वजनिक गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा पौष २५ गतेका दिन वार्ड नम्बर २ र १२ प्रतिस्पर्धा गर्नेछन् । कुल १२ टोलीहरुको सहभागिता रहने प्रतियोगिताको फाइनल खेल माघ ७ गतेका दिन हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीहरुलाई पनि जनही २५–२५ हजार प्रदान गरिने आयोजकले जानकारी दियो । व्यक्तिगत विधातर्फ पनि उत्कृष्ट हुने खेलाडीहरुलाई पुरस्कारको व्यवस्था गरिएको छ ।

Post Comments