News प्रथम युथ यनियन कप पौष अन्तिम सातादेखि
सुरज राना मगर

तानसेन । पाल्पाली फुटबलमा आफ्नो सफल पहिचान बनाईसकेको न्यु युथ क्लब, तानसेन, पाल्पाको आयोजनामा यहि आउँदो पौष २७ गतेदेखि प्रथम न्यु युथ युनियन कप फाईभ ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।

तानसेन स्थित टुंडीखेल मैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिएको आयोजक क्लबका मनोज मान लिगलले जानकारी दिए । साथै टिमदर्ता पनि खुला गरिएको उनले बताए । प्रतियोगितामा सहभागिताका लागि टिमदर्ता शुल्क ३ हजार तोकिएको छ । टिमदर्ता गर्ने अन्तिम मिति यहि पौष २५ गतेसम्म रहेको छ ।

प्रतियोगिताको अर्को महत्वपूर्ण पक्ष यस प्रतियोगितामा पाल्पा जिल्लाका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको प्रचार प्रसार संयोजक अमृत केसीले बताए ।

Post Comments