काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले घोषणा गरे अनुसार शहिद स्मारक ए डिभिजन लिग खेल्ने क्लबहरुलाई पहिलो किस्ताको तयारी खर्च वापत १५ लाख उपलब्ध गराएको छ । एन्फाले यसपटक तयारी खर्चमा दश लाख बृद्धि गरी प्रत्येक क्लबहरुले ३२ लाख ५० हजार तयारी खर्च पाउने घोषणा गरेको थियो ।
एन्फाले लिगका लागि शुक्रबारसम्म सम्बन्धित क्लबहरुलाई टिमदर्ता गर्न सूचित गरेको छ । लिगमा सहभागिता जनाउने १४ मध्ये ११ क्लबहरुले टिमदर्ता गरिसकेको पनि एन्फाले जानकारी दियो । साथै तयारी खर्च वापतको पहिलो किस्ताको रकम भने दर्ता भएका ११ मध्ये १० क्लबहरुले प्राप्त गरेको पनि एन्फाले जनाएको छ ।
हालसम्म पहिलो किस्ताको तयारी खर्च पाउने क्लबहरुमा त्रिभुवन आर्मी फुटबल क्लब, चर्च ब्वाईज युनाइटेड एफसी, एपिएफ फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, फ्रेण्डस क्लब, हिमालयन शेर्पा क्लब, थ्रीस्टार क्लब, संकटा क्लब, न्युरोडटिम (एनआरटी) र नेपाल पुलिस क्लब रहेका छन् ।
स्मरण रहोस, एन्फाले बहुप्रतिक्षित शहिद स्मारक ए डिभिजन लिग आगामी फागुन १९ गतेदेखि शुरु गर्ने निर्णय गरेको छ । लिग डबल राउण्ड रोबिनका आधारमा हुनेछ । साथै लिगका खेलहरु उपत्यका बाहिर गर्ने योजनामा पनि एन्फा रहेको बताइएको छ ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न