
बसही । संघर्षपुर्ण जितका साथ अरुणखोला युनाइटेड, नवलपुर यहाँ जारी पाँचौं सरावल अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार सम्पन्न प्रिक्वाटरफाइनलतर्फ अरुणखोलाले टाईब्रेकरमा अलपत्र गाईज, नवलपरासीलाई टाईब्रेकरमा ५–४ ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । त्यसअघि सरावल–१ स्थित बसही रंगशालामा भएको निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
खेलमा अरुणखोला युनाइटेडका अशोक कुमाल म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत पौष २२ गते बिहीबारको खेल सुनौलो संगम युवा क्लब, देवीनगर र हर्नाटार एफसी, बिहार बीच हुने आयोजकले जानकारी दियो ।
सरावल गाउँपालिकाको आयोजना तथा श्री बसन्त युथ क्लब, सरावल–१, बसही, नवलपरासीको सह–आयोजना र व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल पौष ३० गतेका दिन हुनेछ ।