काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा हुने ठूला नकआउट फुटबल प्रतियोगिताहरुको मिति घोषणा गरेको छ । विभिन्न प्रतियोगिता आयोजनाका लागि आयोजकहरुले एन्फासँग मिति निर्धारण गर्न पत्राचार गरेको थियो । सोही अनुसार एन्फाले मोफसलका प्रतियोगिताहरुको मिति घोषणा गरेको हो ।
एन्फाले मंगलबार जारी गरेको प्रतियोगिता र तालिका अनुसार सर्लाही र महोत्तरीमा हुने राजर्षि जनक कप र मेयर क्रमका लागि माघ २६ देखि फागुन ६ गतेसम्मको मिति दिएको छ । त्यस्तै मकवानपुरमा हुने मकवानपुर गोल्डकपका लागि माघ २९ देखि फागुन ९ गतेसम्मको मिति तोकिएको छ ।
झापामा हुने भद्रपुर गोल्डकप र रुपन्देहीमा हुने तिलोत्तमा गोल्डकपका लागि फागुन ७ देखि १६ गतेसम्मको मिति निर्धारण गरिएको छ । त्यसैगरी पहिलोपटक काठमाडौंमा आयोजना हुन गईरहेको केपी ओली कपका लागि फागुन ११ देखि १७ सम्मको मिति तोकिएको छ । यस प्रतियोगितामा पनि ए डिभिजन क्लबहरुकै शिर्ष भिडन्त हुने बताइएको छ ।
सुनसरीमा हुने बुढासुब्बा गोल्डकपका लागि फागुन १३ देखि २० गतेसम्मको मिति दिइएको छ । इलाममा हुने माई भ्याली गोल्डकप र सुनसरीमा हुने इटहरी गोल्डकपका लागि भने चैत्र ४ देखि ११ सम्मको मिति दिइएको छ ।
त्यस्तै मोरङमा हुने बिराट गोल्डकप र बारामा हुने सिमरा गोल्डकपका लागि चैत्र ९ देखि १८ सम्मको मिति दिइएको छ । स्मरण रहोस, यी दुवै प्रतियोगिता यसपटक पनि रात्रीकालिन हुने सम्भावना पनि छ ।
हेर्नुहोस प्रतियोगिता आयोजनाको मिति तोकिएको एन्फाको पत्र:

- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)