News
हेटौडामा विजय यूथ खुला फुटसल सुरु

हेटौडा । बिजय यूथ क्लव हेटौंडाको आयोजनामा सोमबारबाट खुला फुटसल प्रतियोगिता सुरु भएको छ । २० टिमको सहभागिता रहेको प्रतियोगितामा पहिलो चरणको खेल सोमबार सम्पन्न भए ।
दुई दिनसम्म चल्ने प्रतियोगिताको हेटौंडा उपमहानगरपालिका–५ नम्बर वडा अध्यक्ष राजेश बानियाँले उद्घाटन गरेका हुन् । वडा अध्यक्ष बानियाँले खेल क्षेत्रको विकासका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको धारणा राखे ।
यस्तै मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन दाहाल खुसराजले विभिन्न गोल्डकपमा सहभागिता एवम् सिमरा गोल्डकपको एक संस्करणको विजेता समेत बनेको विजय यूथले एक लाख पुरस्कार राशीको फुटसल आयोजना गरेको भन्दै खुसी व्यक्त गरे ।
प्रतियोगिताको बिजेता र उपबिजेताले क्रमशः नगद १ लाख र ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
Post Comments
Related News
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा