तिलोत्तमा । फराकिलो जित निकाल्दै न्यु सिर्जना युवा क्लब, करौजिया यहाँ जारी पाँचौं सञ्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
तिलोत्तमा–१४ बागधुरा स्थित सञ्जिवनी खेलमैदानमा भएको प्रिक्वाटरफाइनलतर्फ न्यु सिर्जनाले अमुवा एफसीलाई ७–२ को फराकिलो अन्तरले हरायो र अन्तिम आठमा स्थान बनाउन सफल भयो ।
खेलमा न्यु सिर्जनाका प्रवेश क्षेत्री म्यान अफ द म्याच घोषित भए । उनलाई आयोजक क्लबका सल्लाहकार सोम बहादुर बगालेले नगद र ट्रफीसहित पुरस्कृत गरे ।
प्रतियोगिता अन्तरगत माघ २० गते शुक्रबारको प्रिक्वाटरफाइ खेल फर्साटिकर युवा क्लब र शान्ति दिप युवा क्लबबीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए ।
सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बागधुरा, देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष अर्जुन केसी (हापु)ले बताए । कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल फागुन २ गतेका दिन हुनेछ ।

- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने