News युएईमा नखिल गुर्खाजलाई उपाधि
गोलनेपाल

काठमाडौं । युएईमा रहेका आप्रवासी नेपालीहरुबीच भएको नयाँ वर्ष कप २०२३ फुटबल प्रतियोगिताको उपाधि नखिल गुर्खाज फुटबल क्लबले जितेको छ । फाइनलमा नखिलले हिमालयन सोल्जर एफसीलाई ४–१ को अन्तरले हराउँदै च्याम्पियन बन्न सफल भएको हो ।

विजेता बनेको नखिल गुर्खाजले उपाधिसहित नगद ३५ सय युएई दिराम हात पार्यो भने उपविजेता हिमालयनले २ हजार दिरामसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

युएईमा रहेका नेपालीहरुबीच फुटबलको माध्यमबाट आत्मियता र भाईचारा कायम गर्ने उद्देश्यका साथ हातेमालो समूहद्वारा आयोजित प्रतियोगितामा कुल १३ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments