काठमाडौ । अपराजित रहँदै पाकिस्तान, माल्दिभ्समा जारी डायमण्ड जुब्ली कपको फाइनलमा प्रवेश गरेको छ । पाकिस्तानले आफ्नो लिग चरणको अन्तिम खेलमा बलियो अफगानिस्तानलाई २-० ले हरायो ।
त्यसअघि पाकिस्तानले आफ्नो पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा आयोजक माल्दिभ्सलाई ३-० ले हराएको थियो ।
यो नतिजापछी ३ खेलबाट ७ अंक जोडेको पाकिस्तान शिर्ष स्थानमा छ भने समान खेलबाट ४ अंक जोडेको अफगानिस्तान दोस्रो स्थानमा छ ।
त्यस्तै दुई/दुई खेलबाट २ अंक जोडेको बंगलादेश र अंकविहीन माल्दिभ्स क्रमशः तेस्रो र चौथो स्थानमा छन । फाइनल प्रवेशका लागि अफगानिस्तान र बंगलादेशको सम्भावना कायम छ ।
समूह चरणको अन्तिम खेलमा ७ जुनका दिन माल्दिभ्स र बंगलादेश भिड्नेछन । यो खेलको नतिजाले अफगानिस्तान वा बंगलादेश मध्ये एक टोली फाइनलमा प्रवेश गर्नेछन । माल्दिभ्सको चुनौती भने समाप्त भईसकेको छ ।