
काठमाडौं । नेपाली महिला फुटबल टोलीकी स्टार फरवार्ड साबित्रा भण्डारीले युरोपियन क्लबबाट खेल्ने पक्का भएको छ । २७ वर्षिय साबित्रालाई इजरायली क्लब हापोएल रा’आना वुमन्स फुटबल क्लबले नयाँ सिजन २०२३–२४ का लागि अनुवन्ध गरेको हो ।
उनको अनुवन्धबारे कलबले पनि आधिकारिक रुपमा घोषणा गरेको छ । क्षमता र सम्भावना हुँदा हुँदै पनि दक्षिण एसिया मै सिमित साबित्रा अब युरोपियन क्लबमा खेल्ने पहिलो नेपाली खेलाडी बनेकी छिन् । साबित्राको अनुवन्धसँगै युरोपियन फुटबलमा अन्य सम्भावना बोकेका नेपाली खेलाडीहरुका लागि पनि बाटो खुल्ने अपेक्षा गरिएको छ ।
स्मरण रहोस, साबित्राले हालै मात्र भारतमा सम्पन्न चर्चित हिरो वुमन्स आई लिगमा गोकुलम केरलाका लागि खेल्दै लिग उपाधि समेत जितेकी थिईन् । लिग अवधिभर कुल २९ गोल गरेकी साबित्राले सर्वाधिक गोलकर्ताको पुरसकार समेत हात पारेकी थिईन् ।
केरलाका लागि साबित्राको यो दोस्रो लिग उपाधि समेत थियो । उनले यसअघि सनु २०१९–२० मा पनि केरलाका लागि लिग उपाधि जितेकी थिईन् । त्यस्तै सन् २०१८–१९ को सिजनमा सेथु एफसीका लाग खेल्दै उनले पहिलोपटक आई लिग उपाधि जितेकी थिईन् ।
नेपाली क्लब फुटबलमा भने साबित्रा एपिएफ क्लबमा आवद्ध छिन् । साथै एपिएफ मै सशस्त्र प्रहरीका रुपमा पनि कार्यरत छिन् ।
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)