News
फर्साटिकरलाई स्तब्ध पार्दै स्कलर्स सेमिफाइनलमा
कञ्चन । स्कलर्स होम एकेडेमी रुपन्देहीमा जारी ११औं हिमालयन कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको अन्तिम क्वाटरफानलमा फर्साटिकर युवा क्लबलाई टाइब्रेकरमा ७–६ ले हराउँदै स्कलर्स अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो । यसअघि खेलाइएको ७० मिनटको निर्धारित समयको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
खेलमा स्कलर्स होम एकेडेमीका गोलरक्षक बिशाल सुनार म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत फागुन ६ गते मंगलबारको पहिलो सेमिफाइनल खेल सिद्धार्थ युवा क्लब र विश्व शान्ति युवा क्लबबीच हुने खेल संयोजक टिका थापाले जानकारी दिए ।
हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन गाउँपालिका–४ रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले ८१ हजार प्राप्त गर्नेछ ।
Post Comments
Related News
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने