News
साबित्रा नगदसहित सम्मानित
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार फरवार्ड साबित्रा भण्डारी सम्मानित भएकी छिन् । साबित्रालाई नेपाल सशस्त्र प्रहरी परिवार महिला संघले नगदसहित सम्मानित गरेको हो ।
संघले आफ्नो २२औं स्थापना दिवसको अवसर पारी साबित्रालाई एक कार्यक्रमका बीच नगद ७५ हजार र सम्मानपत्रसहित सम्मानित गरेको हो । नेपाली फुटबलमा साबित्राले पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै उनलाई सम्मानित गरिएको संघले जनाएको छ ।
एपिएफ मै जागिरे र क्लब फुटबलमा एपिएफ क्लबका लागि खेलिरहेकी साबित्रा गत महिना मात्रै इजारयली क्लबमा आवद्ध भई युरोपेली क्लबमा व्यवसायीक सम्झौता गर्ने पहिलो नेपाली महिला खेलाडी बनेकी थिईन् ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै