काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा यही असार ३० गते शनिबारदेखि शुरु हुन गईरहेको यु–१६ ए डिभिजन लिगले स्टार हस्पिटलको साथ पाएको छ । बुधबार एन्फा र हस्पिटलबीच एक कार्यक्रमका बीच सम्झौता सम्पन्न भयो ।
एन्फाका तर्फबाट अध्यक्ष पंकज विक्रम नेम्वाङ र हस्पिटलको तर्फबाट अध्यक्ष किशोर महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता एक वर्षका लागि रहेको एन्फाले जनाएको छ ।
सम्झौताअनुसार स्टार हस्पिटलले यु–१६ लिगमा खेलाडी तथा अफिसियलहरुलाई स्वास्थ्य सेवा प्रदान गर्नेछ । एक वर्षसम्म विभिन्न स्वास्थ्य सेवाहरुमा छुटको पनि व्यवस्था मिलाउने बताइएको छ ।
त्यति मात्र नभएर लिग अवधिभर हस्पिटलले खेल स्थलहरुमा आफ्ना स्वास्थ्यकर्मीहरुलाई पनि उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।
सो अवसरमा एन्फा महासचिव किरन राई, कोषाध्यक्ष रविन्द्र जोशी, उपमहासचिव अरुणमान जोशी लगायत अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)