News फिफा वरियतामा नेपाल यथावत
गोलनेपाल

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जुलाई महिनाका लागि निकालेको ताजा वरियतामा नेपाल १७५औं स्थान मै यथावत रहेको छ । दक्षिण एसियातर्फ भने नेपाल तेस्रो स्थानमा छ ।

उता साफ च्याम्पियनसिप जितेको भारतले एक स्थान सुधार गर्दै ९९औं स्थानमा पुगेको छ । दक्षिण एसियातर्फ भने भारत शिर्ष स्थानमा यथावत छ । त्यस्तै १५५औं स्थानमा यथावत माल्दिभ्समा दक्षिण एसियातर्फ दोस्रो स्थानमा छ ।

पुरानै वरियता १८५औं स्थानमा रहेको भुटान दक्षिण एसियातर्फ चौथो स्थानमा छ । त्यसैगरी हालै साफ च्याम्पियनसिपको सेमिफाइनल यात्रा तय गरेको बंगलादेशले तीन स्थान सुधार गर्दै १८९औं स्थानमा उक्लेको छ । र दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ ।

तीन सुधार गरेको पाकिस्तान पनि २०१औं स्थानमा उक्लेको छ र दक्षिण एसियातर्फ छैठौं स्थानमा छ । त्यस्तै २०४औं स्थानमा रहेको श्रीलंका दक्षिण एसियातर्फ पुछारमा रहँदै सातौं स्थानमा छ ।

फिफा वरियताको २०औं स्थानमा रहेको जापान एसियातपर्ः शिर्ष स्थानमा छ भने २२औं स्थानमा रहेको इरान दोस्रो स्थानमा छ । त्यस्तै २७औं स्थानमा रहेको अष्ट्रेलिया एसियातर्फ तेस्रो स्थानमा छ ।

त्यसैगरी विश्व वरियताको शिर्ष स्थानमा विश्व च्याम्पियन अर्जेन्टिना छ । दोस्रो र तेस्रो स्थानमा भने क्रमशः दुई पूर्व विजेता फ्रान्स र ब्राजील रहेका छन् ।

 

Post Comments