News
उपाधिका लागि पुलिस र आर्मी भिड्ने

नवलपुर । पाँचौं राइनो संरक्षण गोल्डकपको फाइनलमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् ।
मध्यविन्दु–२ नवलपुर स्थित राइनो मिनी स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा पुलिसले च्यासल युथ क्लबलाई २–० ले हराउँदै आर्मीसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
मंगलबार भएको दोस्रो सेमिफाइनल भिडन्तमा पुलिसका लागि दुवै गोल बुद्ध तामाङले गरे । साथै तामाङ नै खेलको म्यान अफ द म्याच घोषित भए । पुलिसले फागुन १४ गते बुधबार नै आर्मीसँगे फाइनल खेल्नेछ ।
राइनो क्लब, नवलपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।
Post Comments