News
लोयल्टी र टाइमलाइन सेमिफाइनलमा
काठमाडौं । आयोजक लोयल्टी ‘बी’ र टाइमलाइन दसौं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
लोयल्टी ‘बी’ ले हिमालयबाट वाकओभर पायो । टाइमलाइनले शिशु मिलनलाई १६–० को विशाल गोलअन्तरले पराजित गर्यो । टाइमलाइनका स्ट्रेनजर तामाङले ६, निशान तामाङले ५, निश्चल थापाले ४ र नामुकजंग बस्नेतले १ गोल गरे । शिशु मिलनका अनुभव श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भए ।
बाँकी दुई सेमिफाइनल पुग्ने टोलीको टुंगो बुधबार लाग्ने छ । त्यस दिन काष्ठमण्डप र डिफेन्डिङ च्याम्पियन लिटिल एन्जल्स (एलए) तथा सिद्धार्थ बनस्थली र टीआईएबीच क्वाटरफाइनल हुने छ ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न