दमक । यहाँ सम्पन्न प्रथम त्रिवेणी कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि इष्ट स्टार स्र्पोटिङ क्लब, मधुमल्ला, मोरङले जितेको छ । फाइनलमा इष्ट स्टारले ब्रदर्श युनाइटेड क्लब, उर्लाबारी, मोरङलाई टाईब्रेकरमा हराउँदै उपाधि जित्न सफल भएको हो ।
त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ को बराबरी खेलेपछि खेलको निर्णय टाईब्रेकरबाट लिनुपरेको थियो । टाईब्रेकरमा भने इष्ट स्टारले ब्रदर्श युनाइटेडमाथि ५–४ को जित निकाल्दै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।
विजेता बनेको इष्ट स्टारले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता ब्रदर्श युनाइटेडले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक युवराज तामाङ बन्दा उत्कृष्ट डिफेन्डर जंग खड्का चुनिए । उत्कृष्ट मिडफिल्डर सुरेश साम्पाङ राई बन्दा उत्कृष्ट फरवार्ड मिलन राई घोषित भए । उत्कृष्ट प्रशिक्षक अनिल खड्गी बने ।
त्यसैगरी सर्वाधिक गोलकर्ताको पुरस्कार आदित्य तामाङले पाउँदा उदीयमान खेलाडी रिजन राई चुनिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने राह कार्की घोषित भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले नगदसहित ट्रफी हात पारे ।
विजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी दमक नगरपालिकाका नगर प्रमुख राम थापा तथा आयोजक त्रिवेणी युवा क्लब, दमक–३, झापाका अध्यक्ष पारस कार्की लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा