फुङलिङ । लाखेजात्रा सञ्चालन समिति, ताप्लेजुङको आयोजनामा यही भदौ १४ गतेदेखि शुरु हुन गईरहेको ताप्लेजुङ गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।
श्री भानु माविको खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा भदौ १४ गतेका दिन मनभरा स्र्पोटिङ क्लब, ताप्लेजुङ र जुट विकास फुटबल एकेडेमी, इटहरी, सुनसरी भिड्ने छन् । नेपाल र भारतका गरी कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भदौ २० गतेका दिन हुनेछ ।
फुङलिङ नगरपालिका, ताप्लेजुङ र गोर्खा ब्रुहरी प्रा.लि., काठमाडौंको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो ।
प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपाल डटकमले प्रतियोगिताको सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई