News
तेस्रो सुकचार च्यालेञ्ज कप भदौ २८ देखि
सुकचर । ‘नव युवाको रंग, खेलकुदमा उत्कृष्ट बुढीगंगा’ भन्ने नारासहित नव युवा क्लब सुकचर ११, बुढीगंगा–६, सुकचर, मोरङको आयोजनामा यही भदौ २८ गतेदेखि तेस्रो सुकचर च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिता शुरु हुने भएको छ ।
सुकचर स्थित बुढीगंगा खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । जस अन्तरगत भदौ २८ गते हुने उद्घाटन खेलमा राजावास युथ क्लब, वराहक्षेत्र, सुनसरी र चुलाचुली एफसी, झापा भिड्ने खेलतालिकामा उल्लेख छ ।
बुढी गंगा गाउँपालिका, मोरङ र बुढीगंगा गाउँपालिका वार्ड नम्बर ६ को कार्यालयको संयोजनमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५ हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ । कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने असोज ६ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय
- राम वजिको दुई गोलसँगै केराबारी फाइनलमा