News प्रथम दिप्शन मगर स्मृति कप शुरु, तालतलैयाको विजयी शुरुवात
गोलनेपाल

बेलटार । प्रथम दिप्शन मगर स्मृति कप नकआउट फुटबल प्रतियोगितामा तालतलैया फुटबल क्लबले विजयी शुरुवात गरेको छ । बेलटार स्थित रामप्रसाद राई रंगशालामा भएको उद्घाटन खेलमा तालतलैयाले फ्युजन फुटबल क्लबलाई ३–१ ले हराउँदै विजयी शुरुवात गरेको हो ।

यो जितसँगै तालतलैया प्रतियोगिताको सेमिफाइनलमा समेत प्रवेश गरेको छ । खेलको म्यान अफ द म्याच विवेश गुरुङ चुनिए । प्रतियोगिता अन्तरगत भदौ २४ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल गाईघाट फुटबल क्लब र भागलपुर फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।

पारुहाङ एकेडेमी स्कुलको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

बेलटार एकता युवा क्लब, चौदण्डीगढी नगरपालिका, बेलटार, उदयपुरको आयोजनामा जारी प्रतियोगितामा कुल ८ टोलीहरु सहभागि छन् । फाइनल खेल यही भदौ ३० गतेका दिन हुनेछ ।

Post Comments