News
धरानमा फिफा कनेक्ट वर्कशप

धरान । कोशी प्रदेश फुटबलसंघ को आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्पmा) को विशेष सहयोगमा यहाँ फिफा कनेक्ट वर्कशप आयोजना भएको छ ।
धरान स्थित एन्फा टेक्निकल सेन्टरमा भएको वर्कशपमा कोशी प्रदेश फुटबल संघ भित्रका सबै जिल्ला फुटबल संघका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
फिफा कनेक्ट कार्यक्रमको सञ्चालन र सहजीकरण भने फिफा फरवार्ड म्यानेजर तथा रेफ्री विभाग प्रमुख गोकुल थापाले गरेका थिए ।
थापाका अनुसार फिफा कनेक्ट वर्कशपले फुटबलसँग सम्बन्धित सबैलाई सिस्टममा रहन सहयोग पुग्नेछ । साथै फुटबल खेलाडी, रेफ्री, प्रशिक्षक जुनसुकै ठाउँमा भए पनि यो वर्कशपले उनीहरुबारे सधै जानकार रहन पनि सहयोग पुग्नेछ ।
Post Comments