News
इन्टर हस्पिटल फुटसल प्रतियोगिता हुने

दमक । बिकास एडभरटाईजिङ एजेन्सी, रोपना वेलनेस सेन्टर र सिटीसी फिजियोथेरापी क्लिनिकको संयुक्त आयोजनामा आउँदो असोज १३ देखि २० गतेसम्म प्रथम इन्टर हस्पिटल फुटसल प्रतियोगिता हुने भएको छ ।
दमक स्थित बिस्ट फुटसल मैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिसकिएको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो । प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपाल डटकमले सबै खेलहरुको प्रत्यक्ष प्रसारण पनि गर्नेछ ।
Post Comments