News
इन्टर हस्पिटल फुटसल प्रतियोगिता हुने
दमक । बिकास एडभरटाईजिङ एजेन्सी, रोपना वेलनेस सेन्टर र सिटीसी फिजियोथेरापी क्लिनिकको संयुक्त आयोजनामा आउँदो असोज १३ देखि २० गतेसम्म प्रथम इन्टर हस्पिटल फुटसल प्रतियोगिता हुने भएको छ ।
दमक स्थित बिस्ट फुटसल मैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिसकिएको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो । प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपाल डटकमले सबै खेलहरुको प्रत्यक्ष प्रसारण पनि गर्नेछ ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा