News मुख्यमन्त्री कोहलपुर गोल्डकपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

कोहलपुर । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ कार्तिक १५ गतेदेखि शुरु हुन गईरहेको मुख्यमन्त्री कोहलपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

कोहलपुर नगरपालिका–२ स्थित तेह्र बिगाहा खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा कार्तिक १५ गतेका दिन आयोजक रेसिङ सहारा क्लब, बाँके र नेपाल लिग च्याम्पियन चर्च ब्वाईज युनाइटेड, काठमाडौं भिड्ने छन् ।

प्रतियोगितामा मोफसलका क्लब, ए डिभिजन क्लब र एक विदेशी टोलीसहित कुल ८ टोलीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको फाइनल खेल भने कार्तिक २२ गतेका दिन हुने खेलतालिका उल्लेख छ ।

रेसिङ सहारा क्लब, कोहलपुर, बाँकेको आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिए ।

Post Comments