काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को दोस्रो चरणको छनौट प्रतियोगिता अन्तरगत नेपाल र युएईबीच हुने खेलको टिकट बिक्री अनलाईनमार्फत खुला गरिएको छ ।
छनौट प्रतियोगिता अन्तर्गत समूह एचतर्फ नेपाल र युएईबीच यही नोभेम्बर १६ तारीखका लागि पहिलो खेल हुँदैछ । जुन खेल दुबई स्थित अल मक्तुम स्टेडियममा स्थानीय समयअनुसार ७ः४५ (नेपाली समय ९ः३०) बजेदेखि शुरु हुँनेछ ।
सोही खेलका लागि युएई एफएले सामान्य टिकटतर्फको मुल्य ४.२५ डलर तोकेको छ । जसको नेपाली मुल्य करि ५६५.८६ रुपैया हुन आउनेछ । त्यस्तै प्रिमियमतर्फ १४.१७ डलर तोकिएको छ । जसको नेपाली मुल्य १८८६.६३ रुपैयाँ हुन आउनेछ ।
अनलाईन टिकटका लागि दुबईडटप्लाटिनमलिस्ट.नेट मा गई टिकट खरिद गर्न सकिनेछ । स्मरण रहोस, समूह एचतर्फ नेपालले युएई बाहेक अर्को बलियो टोली बहराईन र यमनसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)