
इम्बुङ, (पाँचथर) । आयोजक, चोकमागु युथ क्लब र एभरग्रिन एफसी चिलिङदिन टु स्टार ग्रामीण सिर्जनशील क्लबद्वारा बराहक्षेत्र कार्तिके पूर्णिमा मेला २०८० को अवसरमा आयोजित खुल्ला पुरुष फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
स्थानीय सत्यहाङ्मा माविको खेलमैदानमा शनिबार भएको प्रतियोगिताको पहिलो खेलमा पिवाईसी सखेवालाई चिलिङदिनले १-० गोलले पराजित गरेको हो । उसका लागि मनिष योङहाङले गरेको गोल नै निर्णायक बन्यो ।
यस्तै, दोस्रो खेलमा दोस्रो खेलमा चोकमागुले पौवा सारतापको सुनाखरी युथ क्लबविरुद्ध टाइब्रेकरमा जित निकालेको हो । निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेको थियो ।
खेलमो चोकमागुका लागि दिपेश लिम्बूले गोल गरेर अग्रता दिलाएका थिए तर सारतापका लागि श्याम तामाङले गोल गरेर बराबरीमा ल्याएका हुन् । टाइब्रेकरमा चोकमागुले ४-२ गोलअन्तरमा बाजी मार्यो ।
अन्तिम खेलमा आयोजकले असिने एफसी रानीटारमाथि गोलवर्षा गर्यो । आयोजकको जितमा ४-१ गोलको नतिजा निस्किएको थियो । जसमा जसहाङ नेम्बाङले प्रतियोगिताको पहिलो ह्याट्रिक गरेका छन् ।
आयोजककै लागि धनकुमार लिम्बूले एक गोलको योगदान दिए भने रानीटारका लागि गौरव राईले पेनाल्टीमार्फत सान्त्वना गोल गरेका हुन् ।