News
रोमाञ्चक खेलमा काठमाडौं र चितवनको बराबरी
काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ मंगलबार साविक विजेता काठमाडौं रेजर्स र एफसी चितवनले रोमाञ्चक १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
खेलको अन्तिम समय नाटकीय बन्दा चितवन पहिलो जित नजिक पुगेर पनि बराबरीमा चित्त बुझाउन बाध्य बन्यो । दशरथ रंगशालामा भएको रोमाञ्चक खेलको ८७औं मिनटमा चितवनले आत्मघाती गोलबाट अग्रता बनाएको थियो ।
स्टार फरवार्ड बिमल घर्ती मगरको गोल प्रयास जोगाउने क्रममा काठमाडौंका कोमिलोव तोजिडिनोवको खुट्टामा लाग्दै बलले पोष्टको जाली चुमेको थियो । तर चितवनले त्यो गोलको खुशी धेरैबेर मनाउन सकेन ।
खेलको अन्तिमतिर इन्जुरी समयमा जुनियर एनकेन्गुले काठमाडौंका लागि गोल गर्दै खेललाई नाटकीय रुपमा रोमाञ्चक बराबरीमा ल्याएका थिए । खेलमा चितवनका उत्सव राई म्यान अफ द म्याच चुनिए । उ नले पुरस्कार वापत नगद ३० हजार र ट्रफी हात पारे ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै