News
सन्जिव निर्णायक बन्दा लिगलिडर बन्यो पोखरा
काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ अपराजित रहेको पोखरा थन्डर्सले बुधबार लिगको दोस्रो जित दर्ता गर्दै लिगतालिकाको शिर्ष स्थानमा कब्जा जमएको छ ।
दशरथ रंगशालामा भएको एक मात्र खेलमा पोखराले स्र्पोटिङ इलाम एफसीलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो र आफ्नो खातामा महत्वपूर्ण तीन अंक जोड्न सफल भयो ।
खेलको ४७औं मिनटमा सन्जिव बिष्टले गरेको एक मात्र गोल पोखरालाई साँघुरो जित दिलाउन निर्णायक बन्यो । निर्णायक गोलकर्ता सन्जिव विष्ट नै म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ३० हजार र ट्रफी हात पारे ।
यो जितसँगै ४ खेलबाट ८ अंक जोडेको पोखरा शिर्ष स्थानमा उक्लेको छ । र दोस्रो स्थानको टोली धनगढी भन्दा एक अंकले अगाडी छ । यद्यपि धनगढीले एक खेल कम पनि खेलेको छ । उता पराजित इलाम भने ३ अंकका साथ सातौं स्थानमा छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै