News
दिपा र प्रितीले आई लिग खेल्ने पक्का
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका दुई स्टार मिडफिल्डरद्वय दिपा शाही र प्रिती राईले भारतको चर्चित शिर्ष डिभिजनको महिला आई लिग खेल्ने तय भएको छ ।
दिपा र प्रिती दुवैले आई लिगको नयाँ सिजन किकस्टार्ट फुटबल क्लबका लागि खेल्ने छन् । स्मरण रहोस, गत सिजन नेपालकै दुई अन्य खेलाडी सरु लिम्बु र रेनुका नगरकोटीले पनि किकस्टार्टमा लिग खेलेका थिए ।
योसँगै आई लिगमा दिपा र प्रिती दुवैको यस सिजन डेब्यु हुने पनि निश्चित भएको छ । नेपालको घरेलु फुटबलमा भने दिपाले आर्मीका लागि र प्रितीले एपिएफका लागि व्यवसायीक फुटबल खेल्दै आईरहेका छन् ।
यही डिसेम्बर ८ तारीखदेखि शुरु हुन गईरहेको आई लिगका लागि भनेर अन्जिला तुम्बापो सुब्बा र गीता राना पनि भारत पुगिसकेका छन् । अन्जिला र गीताले भने सेथु फुटबल क्लबका लागि खेल्ने छन् ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल