काठमाडौं । अष्ट्रेलियामा सम्पन्न कंडेल कन्सल्टेन्सी कप २०२० को उपाधि बेनी फुटबल क्लबले जितेको छ । मेलबर्नमा सम्पन्न फाइनल भिडन्तमा बेनिले फरइभर योङ एफसीलाई पेनाल्टी शुटआउटमा हराउँदै उपाधि जित्न सफल भयो ।
त्यस्तै आयोजक यति एफसीले तेस्रो स्थान हासिल गर्यो । तेस्रो स्थानका लागि भएको खेलमा यतिले फेवा एफसीलाई हराएको थियो । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी नेपालका राष्ट्रिय फुटबल खेलाडी हेमन गुरुङ घोषित भए ।
त्यस्तै सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षक पनि नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यद्वय जगजित श्रेष्ठ र एलन न्यौपाने घोषित भए । स्मरण रहोस, हेमन र एलन हालै अष्ट्रेलिया पुगेका थिए ।
३५+को भेट्रान उपाधि यतिलाई
त्यस्तै ३५+ को भेट्रान फुटबलतर्फको उपाधि यति एफसीले जितेको छ । फाइनलमा यतिले माछापुच्छ्रे एफसीलाई १–० ले हरायो । प्रतियोगितामा यति एफसीका साजन श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिए ।
त्यस्तै एसजीएनसीका अनिल लामा सर्वाधिक गोलकर्ता बने भने यति एफसी कै बलेन्द्र गुरुङ उत्कृष्ट गोलरक्षक घोषित भए । सोही अवसरमा प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सबैलाई आयोजक यति एफसीले धन्यवाद समेत दियो ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै