News
एनएसएलः झापा र बिरगंज बराबरीमा रोकिए

काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ दुई नवप्रवेशी टोली झापा फुटबल क्लब र बिरगंज युनाइटेड फुटबल क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
दशरथ रंगशालामा भएको खेलमा झापा दश खेलाडीमा सिमित बन्दा पनि बिरगंजले त्यसको फाईदा उठाउन सकेन । योगेश गुरुङले रातो कार्ड खाँदै मैदान छाड्दा झापा दश खेलाडीमा सिमित बन्न पुगेको थियो । तर पनि झापाली टोली बिरगंजसँग बराबरी खेल्न सफल भयो ।
खेलमाउत्कृष्ट प्रदर्शन गरेका बिरगंजका कप्तान तथा गोलरक्षक दिप कार्की म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३० हजार र ट्रफी हात पारे ।
यो नतिजापछि ४ खेलबाट ३ अंक जोडेको झापा र २ अंक जोडेको बिरगंज लिगतालिकाको पुछारको दुई स्थान क्रमशः आठौं र नवौं स्थानमा छन् । र, यी दुवै टोली अझै पनि जितविहीन छन् ।
Post Comments
Related News
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय