News
फेका कपः ब्रम्हकुञ्ज, कोटदेवी र गेट्वेको जित
काठमाडौं । ब्रम्हकुञ्ज शिक्षा सदनले यहाँ जारी १६औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शुक्रबार जित हात पारेको छ ।
स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन (फेका) को आयोजनामा भइरहेको प्रतियोगितामा ब्रम्हकुञ्जले गोठाटारलाई १–० को झीनो गोलअन्तरले पराजित गर्यो । विजयी टिमका सिद्धार्थ कर्माचार्य ‘म्यान अफ द म्याच’ घोषित भए ।
मूलपानीमा भइरहेको प्रतियोगितामा कोटदेवी पब्लिकले डेन्सलाई २–० तथा गेट्वे एकेडेमीले शिक्षालय नेपालीलाई ९–० ले हरायो । कोटदेवीका शुभम् आचार्य तथा गेट्वेका प्रदीप खत्री ‘म्यान अफ द म्याच’ चुनिए ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै