काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) को नव प्रवेशी टोली स्र्पोटिङ इलाम एफसीले अपेक्षाकृत प्रदर्शन गर्न नसके तापनि लिगको आफ्नो पहिलो सिजन भने सुखद रुपमा समापन गरेको छ ।
लिगको आफ्नो अन्तिम खेलमा इलामले मंगलबार ललितपुर सिटी फुटबल क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै सिजनको समापन सुखद रुपमा गर्यो । दशरथ रंगशालामा भएको खेलमा इलामका लागि ५९औं मिनटमा फोडे कमाराले गरेको मात्र गोल निर्णायक गोल बन्यो ।
खेलमा इलामका कप्तान तथा गोलरक्षक बिकेश कुथु प्लेयर अफ द म्याच चुनिए । उनले पुरस्कार वापत ३० हजार र ट्रफी हात पारे । यो नतिजापछि लिगमा ८ खेलबाट ८ अंक जोडेको इलाम तत्कालका लागि पाँचौं स्थानमा उक्लिदै सिजनको समापन गर्न सफल भयो ।
उता पराजित ललितपुर भने ७ खेलबाट १० अंकका साथ तेस्रो स्थानमा छ । हार बेहोरे पनि ललितपुरको प्ले अफ खेल्ने सम्भावना कायमसँगै बलियो पनि छ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै