News
धनगढीलाई शिर्षता, झापालाई शिर्ष चारको अवसर
काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ आज दशरथ रंगशालामा साँझ ५ बजेदेखि शुरु हुने एक मात्र खेलमा धनगढी फुटबल क्लब र नवप्रवेशी टोली झापा फुटबल क्लब आमने सामने हुँदैछन् ।
लिगतालिकामा ६ खेलबाट १२ अंकका साथ दोस्रो स्थानमा रहेको धनगढीलाई आज फेरि शिर्ष स्थानमा उक्लिने अवसर छ । हाल शिर्ष स्थानमा १४ अंकका साथ पोखरा थन्डर्स रहेको छ ।
उता ६ खेलबाट ७ अंकका साथ छैठौं स्थानमा रहेको झापासँग प्ले अफका लागि आज अन्तिम विकल्प निश्चित जित रहेको छ । झापाले शिर्ष चारको होडमा रहन आज निश्चित जित निकाल्नु पर्नेछ ।
त्यसैले पनि आज हुने धनगढी र झापा बीचको खेल थप रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै