News कुसुन्ती मेयर कप भेट्रान फुटबल प्रतियोगिता हुँदै
गोलनेपाल

काठमाडौं । कुसुन्ती युथ क्लब र वार्ड स्तरीय युथ क्लब, ललितपुरको आयोजनामा यही पुस २४ देखि २८ गतेसम्म प्रथम कुसुन्ती मेयर कप एट ए साईड भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ ।

जावलाखेल फुटबल मैदानमा हुने प्रतियोगितामा सहभागिता जनाउने खेलाडीहरुको उमेर ४० वर्ष माथि हुनुपर्ने पनि आयोजकले जानकारी दियो ।

ललितपुर महानगरपालिकाको विशेष सहयोग रहने प्रतियोगिताको विजेता, उपविजेता टोलीसँगै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम पनि रहेको छ ।

Post Comments