News सुजन निर्णायक बन्दा आयोजक फर्साटिकर क्वाटरफाइनलमा
सुरज राना मगर

फर्साटिकर । सुजन राना एक्लै निर्णायक बनेपछि आयोजक फर्साटिकर युवा क्लब, फर्साटिकर जारी शुद्धोधन गाउँपालिका ११औं फर्साटिकर कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको अन्तिम प्रिक्वाटरफाइनलतर्फ फर्साटिकरले न्यु युथ युनियन क्लब, पाल्पालाई शून्यका विरुद्ध २ गोलले हरायो । फर्साटिकरको जितमा सुजन राना एक्लैले ३९ र ६१औं मिनटमा गरी दुई गोल गरे । सुजन नै खेलको म्यान अफ द म्याच पनि चुनिए ।

प्रतियोगिता अन्तर्गत पुस १३ गते शुक्रबारको पहिलो क्वाटरफाइनल खेल समपुर्ण युवा क्लब, सुपौली र लिस्नु युवा क्लब, कोटिहवा बीच हुने खेल संयोजक अमृत खड्काले जानकारी दिए ।

फर्साटिकर युवा क्लब, शुद्धोधन–४, फर्साटिकरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित २,७५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,३५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही पुस २१ गतेका दिन हुनेछ ।

Post Comments