News प्रदेश स्थानीय तह अध्यक्ष कपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

मानेभञ्ज्याङ । मानेभञ्ज्याङ गाउँपालिका अध्यक्ष कप मूल आयोजक समिति, ओखलढुङ्गाको आयोजनामा हुन गईरहेको प्रदेश स्थानीय तह अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिता तयारी पूरा भएको छ ।

मानेभञ्ज्याङ्ग गाउँपालिका स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा पुस १७ गतेका दिन मानेभञ्ज्याङ्ग गाउँपालिका र सोलु दुधकुन्ड नगरपालिका भिड्ने छन् । कुल १८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल पुस २७ गतेका दिन हुनेछ ।

प्रतियोगिताको विजेता तथा उपविजेता टोलीहरुलाई ट्रफीसहित उचित नगद पुरस्कारको व्यवस्था गरिएको पनि आयोजकले जानकारी दियो ।

प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपालले सबै खेलहरु प्रत्यक्ष प्रसारण गर्नेछ ।

Post Comments