News फिदिम नगर कपमा आयोजकको विजयी सुरुवात
रमेश समदर्शी

रानीटार (पाँचथर) । पाँचौ फिदिम नगर कप फुटबल प्रतियोगितामा आयोजक स्वतन्त्र फुटबल क्लबले विजयी सुरुवात गरेको छ । फिदिम ७ स्थित रानीटारको बराजु खेलमैदानमा आजदेखि सुरु फिदिम नगर कपको उद्घाटन खेलमा इलामको देउमाइ स्पोर्टिङ एफसीलाई टाइब्रेकरमा पराजित गर्दै आयोजक सेमिफाइनलमा प्रवेश गरेको हो ।

आयोजकले इलामलाई टाइब्रेकरमा ५-४ गोलअन्तरमा पराजित गरेको हो । निर्धारित समयमा दुवै टोलीले ११ गोलको बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।

निर्धारित समयमा सुरुवाती अग्रता इलामले लिएको थियो । इलामका लागि रविन मगरले खेलको ९ मिनेटमै गोल गरेका थिए । तर, पहिलो हाफकै २७औँ मिनेटमा आयोजकका कप्तान पुकार गुरुङले गोल गर्दै खेलमा फर्काए ।

तर, टाइब्रेकरमा आयोजक नै भाग्यमानी सावित भयो । जसमा कप्ता गुरुङ, दर्पण गुरुङ, गगन गुरुङ, दिवश गुरुङ र रोहित तामाङ प्रहार गोलमा परिणत भयो भने इलामका कप्तान रोहित राईको प्रहार आयोजकका गोलरक्षक जीवन परियारले रोकेका थिए ।

 
Post Comments