
कञ्चन । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ यही पुस २४ गतेदेखि माघ १ गतेसम्म तेस्रो रुद्रपुर कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
कञ्चन–४, सरकारी बोरि, अस्नैया स्थित रुद्रपुर माविको खेलमैदानमा हुने प्रतियोगिताको यही पुस २२ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ८५०० तोकिएको पनि खेल संयोजक दृष्टी रानाले जानकारी दिए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने पनि संयोजक रानाले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
क्लबको छैठौं वार्षिक उत्सव मनाउने र स्थानीय फुटबललाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ प्रतियोगिताको तेस्रो संस्करण आयोजना गर्न गईरहेको आयोजक रुद्रपुर युवा क्लबका अध्यक्ष अर्जुन दर्लामीले बताए । सोही अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रम तथा मगर परिकारहरुको पनि व्यवस्था गरिने अध्यक्ष दर्लामीले जानकारी दिए ।